नेपाल औषधि व्यवसायी संघको क्षेत्रगत भेला देउखुरीमा सम्पन्न

दाङ, १७ मंसिर ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङको क्षेत्रगत भेला शनिबार देउखुरीमा सम्पन्न भएको छ । लमही नगरपालिका –३ को जखेरातालमा संघका जिल्ला अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा देउखुरी क्षेत्रका पुराना औषधि व्यवसायी माधव प्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न क्षेत्रगत भेला सम्पन्न भएको थियो ।

देउखुरीका पुराना औषधि व्यवसायी तथा शनिबार देउखुरीको जखेरातालमा सम्पन्न भएको नेपाल औषधि व्यवसायी संघद्वारा आयोजित क्षेत्रगत भेलाका प्रमुख अतिथी समेत रहनु भएका माधव प्रसाद केसीले सम्पुर्ण औषधि व्यवसायीहरु संगठित भएर लाग्नु पर्ने बताउनु भयो । निजि क्षेत्रबाट संचालित मेडिकलहरले सर्बसुलभ तरिकाले सेवा प्रवाह गर्नमा कत्ती पनि कन्जुस्याइँ नगर्न आग्रह गर्नु भयो ।

नेपाल औषधि व्यवसायी संघ दाङले वार्षिक कार्य योजना अनुशार तुलसीपुर, देउखुरी र घोराहीमा कार्यक्रम गरिएको संघका जिल्ला अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुशार हरेक क्षेत्रमा एक जना संयोजक तोकिने र उक्त संयोजकले सबै क्षेत्रमा मेडिकल संचालनका क्रममा आउने समस्या, ती मेडिकल के कसरी संचालन भैरहेका छन, ती समस्याहरू जिल्लामा जानकारी गराउने छ ।


त्यसैगरी अस्वस्थ प्रतिस्पर्धालाई चिरेर स्वस्थ बनाउनका लागि यो भेला आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो । नेपाल औषधि व्यवसायी संघ दाङले दाङ जिल्लाभर अटोमा डिजे बजाएर डाक्टर आउनेबारे प्रचारप्रसार गर्न रोक लगाउने निर्णय गरेको छ ।

भेलामा उपस्थित सबै औषधि व्यवसायीहरुले आआफ्ना भनाई राख्नु भएको थियो । संघका उपाध्यक्ष मधुसूदन पाण्डेले स्वागत र संघका सचिब सुनिल रेग्मीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

भेलाले तुलसीपुर क्षेत्रमा दीपकराज ओली, देउखुरी क्षेत्रमा राजधानी फार्मेसी भालुवाङका भुवन भण्डारीलाई संयोजक तोकेको छ । केही दिन पछि घोराही क्षेत्रको संयोजक तोकिने नेपाल औषधि व्यवसायी संघ दाङ जिल्लाका महासचिव श्याम कुमार गिरीले जानकारी दिनु भयो ।