रोल्पाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति

रोल्पा, १५ मंसिर ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. १ कासापानीमा एक घरमा आगलागी भएको छ। स्थानीय याम बहादुर सुनुवारको घरमा बुधबार १२ बजे एकासी आगलागी भएको हो । घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न ,लत्ताकपडा ,भाडाकुडा ,५ आना सुनको तिलहरी, १ मोबाइल सेट जलेर नष्ट भएको छ ।


आगलागीबाट २ लाख २६ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगो नियन्त्रणमा स्थानीय समुदाय र सुर्पाल प्रहरी चौकीका ईन्चार्ज ओम भक्त केसीसहितको टोली पुगेको थियोे ।