सिभिल बैंक लालमटिया शाखाद्वारा ऐरावती क्याम्पसलाई १२ वटा डस्टवीन प्रदान

ओमप्रकाश गुप्ता,
भालुवाङ १३ मंसिर ।
दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको सिभिल बैंक लालमटिया शाखाले राप्ती गाउँपालिका २ बराखुट्टीमा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि डस्टबिन प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत क्याम्पसलाई २४ हजार बराबरको १२ वटा डस्टबिन प्रदान गरेको सिभिल बैंक लुम्बिनी प्रदेश प्रमुख किरण धमलाले जानकारी दिएका छन् । उनले आगामी दिनहरुमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै अगाडी बढने बताएका छन् ।


कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालले क्याम्पसलाई डस्टबिन सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि थप सहयोगको लागि आग्रह गरेका थिए । क्याम्पस प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रध्यापक बिक्रान्त ज्ञवालीले गरेका थिए ।