तुलसीपुरमा अटोमा साइकल ठोक्किदा एक जना घाइते

तुलसीपुर, ९ मंसिर ।
दाङमा अटोमा साइकल ठोक्किदा एक जना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर निवासी ५९ वर्षीय थमन बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रक्षाचौर बाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ३६५५ नम्बरको अटोलाई सोही दिसाबाट आइरहेको साइकलले तुलसीपुर ७ श्रीगै स्थित पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


साइकलमा सवार बस्नेतले मादक पदार्थ सेवन गरेकाले दुर्घटना भएको प्रहरीको भनाई रहेको छ । घाइतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपरमा उपचार भइरहेको र अटो चालक पनी घाइतेको उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ ।