दाङ–(२) बाट गुन्टु बिजयी

दाङ, ८ मंसिर । दाङ क्षेत्र नं. २ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् ।

गठबन्धन तर्फका उम्मेदवार न्यौपानेले १७ हजार ४ सय २३ मत प्राप्त गरी बिजयी भएका हुन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गिरिराज केसिले १६ हजार ६ सय ९९ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तरण ७ सय २४ रहेको छ ।


त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४२ हजार ३ सय ६४ मत खसेको थियो ।

तुलसीपुर उपमहानगरपालिका १६,१७,१८,१९ र घोराही उपमहानगरपालिकाका ६,७,८,९,१०,११,१२,१६ वडा सोही निर्वाचन क्षेत्रमा पर्छन ।