दाङ ३(१): डिल्ली चौधरी १७१ मतले अगाडी

 तुलसीपुर, ५ मंसिर ।

दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले १७१ मतले अगाडी छन् ।


उनले ७५८ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका घनश्याम पाण्डेले ५८७ मत ल्याएका छन् । १५०३ मत गन्दा यो परिणाम आएको हो । यो क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदातामध्ये ४० हजार ५ सय ७० मत खसेको थियो ।