अमृतपुर खानेपानीको नेतृत्व चयनकालागि तीन सदस्य सहजीकरण समिति

तुलसीपुर, २४ कात्तिक । दाङको तुलसीपुर स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनकालागि तुलसीपुर उपमहानगरपालिकाले सहजीकरण समिति निर्माण गरेको छ ।

जसमा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का अध्यक्ष विरेन्द्र कुमार शाह, खेमराज वली र शिवहरी भण्डारीलाइ सहजीकरण समिति बनाईएको छ ।


सोही समितिले उक्त खानेपानीको नयाँ नेतृत्व चयन गर्नकालागि उपमहानगरपालिकाको तर्फबाट पहल लिनेछ ।

तुलसीपुर उपमहानगरपालिकाको खानेपानी बोर्डको बैठकले उनीहरुलाई जिम्मा दिएको नगर प्रमुख टिकाराम खड्काले बताए । उक्त खानेपानीको कार्यकाल सकिएको छ ।