दाङ, ८ चैत ।
दाङकै जेठो महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन आज भईरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान कार्य बेलुका ४ बजे सम्म जारी रहेको क्याम्पस प्रमुख भरतराज न्यौपानेले जानकारी दिनुभयो ।
स्ववियू निर्वाचनमा हिमाल महराको नेत्रित्व रहेको संयुक्त अखिल प्यानल र मनोज डिसी नेत्रित्वको नेपाल विद्यार्थी संघ बिच निर्वाचन भईरहेको छ । स्ववियू निर्वाचनमा ५ हजार ९ सय ४० जना मतदाता रहेका छन् । यी मतदातालाई दशवटा बुथ मार्फत मतदान गर्ने व्यवस्था मिलाईएको क्याम्पस प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
गत ५ गते स्ववियू निर्वाचन गर्ने भनिएपनि क्याम्पसले जारी गरेको बिद्यार्थीको दुईवटा परिचय पत्रमा क्याम्पसको छाँप र हस्ताक्षर नमिलेको भन्दै क्याम्पसमा तालाबन्दी हुदा निर्वाचन स्थगित भएको थियो । २०१६सालमा स्थापना भएको क्याम्पस साविक राप्ती अंञ्चलकै पुरानो र जेठोको क्याम्पसका रुपमा रहेको छ ।
उक्त क्याम्पसमा निर्वमान उपराष्ट्रपति नन्दकिशोर पुन, संचार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मा, पूर्व शहरी विकास मन्त्री मेटमणी चौधरी,काग्रेस नेता खुमबहादुर खड्ककाले अध्ययन गर्नु भएको थियो । निर्वाचन सकिए लगतै आजै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
लाइभदाङ । ८ चैत्र २०७९, बुधबार १२:०३ बजे