राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय नजिक फेला परेको वम निस्कृय

तुलसीपुर, ४ मंसिर ।

दाङको तुलसीपुर स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय नजिक राखिएको बमलाई नेपाली सेनाले निस्कृय पारेको छ ।


१९ नम्बर बाहिन अड्डा तुलसीपुरबाट गएको सेनाको वम डिस्पोज टोलीले हिजो साँझ वम निस्कृय पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मदेवार कमल सुवेदीले घटना प्रति दुख व्यक्त गर्नु भएको छ । यता प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुन सक्ने अनुमान गरेको छ ।