टरिगाउँ एयरपोर्ट स्तरोन्नतीको माग गर्दै युवासंघद्वारा ज्ञापनपत्र

तुलसीपुर,१८ साउन ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल दाङले तुलसीपुरस्थित टरिगाउँ विमानस्थल तत्काल स्तरोन्नति गर्न माग गर्दै सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ।

युवा संघ नेपाल दाङका अध्यक्ष हरिश गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले विमानस्थल स्तरोन्नतिका लागि तत्काल पहल अघि बढाउने बताए । उनले सोही ज्ञापनपत्रमै तोक लगाएर प्रक्रिया अघि बढाउन मन्त्रालयका सचिवलाई निर्देशन दिए ।


युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, दाङ पार्टी उपाध्यक्ष चुर्णबहादुर ओलीलगायतको उपस्थिति रहेको थियो । लुम्बिनी र कर्णाली प्रदेशको महत्वपूर्ण विमानस्थल भए पनि राजनीतिक खिचातानीका कारण अहिलेसम्म स्तरोन्नति नहुँदा विरामी तथा अत्यावश्यीय काम परेका यात्रुहरु नेपालगञ्ज र भैरहवा गएर जहाज चढ्ने बाध्यता रहेकाले विमानस्थल सञ्चालनका लागि पहल गर्न मन्त्रीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष गिरीले बताए ।