तुलसीपुरमा विप्लव निकट शिक्षक संगठनले ग¥यो सरसफाई

तुलसीपुर
४ फागुन / विप्लव नेकपा निकट अखिल नेपाल शिक्षक संगठनले तुलसीपुरमा सरसफाई गरेको छ ।

एमसीसी विरुद्ध आयोजना गरिएको बन्दको अवसरमा संगठनले बुधबार तुलसीपुरको जेसिज चोकमा रहेको फोहरलाई सफा गरेको हो । त्यहाँ मसाल जुलुस, दिपप्रज्वलनलगायतले गर्दा फोहर भएको भन्दै सरसफाई गरिएकोसंगठनका अध्यक्ष मेघराज घिमिरेले बताए ।


उनका अनुसार बन्दमा केही सिर्जनशिल काम समेत गर्न सकिने भन्दै आफूहरुले सरसफाई गरेको बताए । साथै उनले एमसीसी कुनै पनि हालतमा अस्वीकार गर्नुपर्ने समेत बताए ।

त्यस अवसरमा संगठनका केन्द्रिय सदस्य नारायण भण्डारी, निर्मला डीसीलगायतको सहभागिता रहेको थियो ।