नदिमा डुबेर बेपत्ता बालकको शब चार दिनपछि फेला

दाङ, २९ कात्तिक ।
दाङमा राप्ती नदिमा डुबेर बेपत्ता बालकको शब चार दिनपछि फेला परेको छ । गढवा गाउँपालिका वडा नम्बर १ बड्हराका रामगोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादवको शब चारदिनपछि मंगलबार आज बिहान फेला परेको हो ।

       

शनिबार दिउँसो सवा १२ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर १ बड्हराको झोलुङगे पुल नजिक राप्ती नदीमा नुहाउने क्रममा ति बालक वेपत्ता भएका हुन् ।


साथीसँग नदीमा नुहाउन गएका बालक डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए । खवर पाए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि बालक फेला नपारेपछि गोताखोर टोलीले खोजि गरेको हो ।

नदिमा डुबेर बेपत्ता बालकको मंगलबार बिहान फेला परेको पत्रकार आलोक भावुकले जानकारी दिनुभयो । नदिमा नुहाउने क्रममा बालको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।