बलात्कार आरोपमा फरार रहेका थापा ९ महिनापछि पक्राउ

तुलसीपुर, २१ चैत ।
दाङको तुलसीपुरमा ९ महिना अघि बलात्कार आरोपमा फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–७ घर भई हाल तुलसीपुर–५ बसपार्क निवासी २२ वर्षका अर्जुन थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।


घटना लगत्तै फरार थापालाई सल्यानको कुरल भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई प्रहरीले जबरजस्ती करणी मुद्दामा कारबाही प्रकृया अघि बढाएको छ । २०८१ असार ९ गते राति तुलसीपुरको एक होटेलमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप थापा माथि लागेको छ ।