
तुलसीपुर, ३० भदौ ।
जेन जी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण तुलसीपुर उपमहानगरपालिका र यातायात कार्यालयसँग सम्बन्धित स्कुटी–मोटरसाइकल खरिदका कागजात जलेर नष्ट भएका छन्।
यस्तो अवस्थामा उपमहानगरलाई आवश्यक पर्ने अभिलेख व्यवस्थापन सहज बनाउन तुलसीपुर–६ मा रहेको अम्बिकेश्वरी अटो मार्टले पुनः कागजात उपलब्ध गराउने जनाएको छ।
उपमहानगरपालिकाले खरिद गरेका सवारीसाधनका सम्पूर्ण कागजातहरू तत्काल तयार गरी उपलब्ध गराइने अम्बिकेश्वरी अटो मार्टका प्रोपाइटर दिपेश भण्डारीले जानकारी दिएका छन्।




लाइभदाङ । ३० भाद्र २०८२, सोमबार १३:४६ बजे