हरिस गिरीको नेतृत्वमा तुलसीपुरमा सयौं युवा माओवादी केन्द्रमा समाहित

तुलसीपुर
२८ कात्तिक / एकीकृत समाजवादी पार्टीका जिल्ला सचिबालय सदस्य तथा युवा संघका जिल्ला संयोजक हरिष गिरीको नेतृत्वमा सयौं युवाहरु माओवादी केन्द्रमा समाहित भएका छन् । सोमबार तुलसीपुरमा बिशेष कार्यक्रम गरि गिरीको नेतृत्वमा सयौं युवा माओवादी केन्द्रमा समाहित भएका हुन् ।

गिरीले माओवादी केन्द्रकै नेतृत्वमा मुलकको ब्यबस्था बदलिएको र माओवादी केन्द्रकै नेतृत्वमा अबस्था बदल्नकालागि आफूहरुसहित सयौं युवाहरु माओवादी केन्द्रमा गोलबद्ध भएको बताए । उनले सबै युवाहरु माओवादी केन्द्रमै आबद्ध हुनुपर्ने समेत बताए । आफूहरुले एमालेको प्रतिगमणका विरुद्ध यस अघि पनि आन्दोलन गरेको भन्दै सबै युवाहरु यसका विरुद्ध आगामी दिनमा पनि एकढिक्का भएर लाग्ने समेत बताए ।

त्यस्तै मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएर संविधान र व्यवस्था बचाउने निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सक्रियतापूर्वक लाग्ने दोस्रो घोषणा उहाँले गर्नुभएको थियो ।

गिरीले बेरोजगारी, भ्रष्टाचारलगायतका बिरुद्ध अब राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति क्षेत्रहरुले आफूहरुले नेतृत्व गर्ने घोषणा गर्नुभएको थियो ।


त्यस्तै एमालेका जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका प्रदेश कमिटि सदस्य लिला विक पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर वली, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा‘अपार’, बाम लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नं.३(ख)का उम्मेदवार धनबहादुर मास्की(राजेश)सहित नेताहरुले स्वागत गरेको वाईसिएलका जिल्ला इन्चार्ज अमर नेपाली‘माईकल’ले बताए ।

त्यस अवसरमा उपाध्यक्ष महराले प्रतिमणका विरुद्ध युवाहरु माओवादी केन्द्रमा गोलबद्ध हुन आबश्यक रहेको बताए । गठबन्धनले सबै क्षेत्रमा जित्ने समेत उपाध्यक्ष महराले बताए । हरिस गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हिरा सुनार‘सारथी’ले गरेका थिए ।