दाङमा नदीमा डुबेर एक बालिकाको मृत्यु, एक बालक वेपत्ता

दाङ, २७ कात्तिक ।
दाङको लमही नगरपालिका वडा नम्बर ४ सेमरहवामा राप्ती नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ, भने अर्का एक बालक डुबेर बेपत्ता भएका छन । मृत्यु हुनेमा लमही ४ निवासी अंकिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

शनिवार साथीहरुसँग नुहाउन गएकी ती बालिका डुवेर वेपत्ता भएकी थिईन्। वेपत्ता बालिकालाई खोजी गर्दै जादा बगेको स्थान देखि करिव ४/५ किलोमिटरको दुरीमा शव बगिरहेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारेका हुन् ।


यस्तै दाङको देउखुरीमा एक बालक नुहाउने क्रममा राप्ती नदीमा डुवेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा गढवा गाउँपालिका वडा नम्बर १ बड्हरा निवासी रामगोपालका छोरा १६ वर्षीय निश्चल यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन् । शनिवार मध्यान्न १२ः१५ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर १ बड्हरा स्थित झोलुङगे पुल नजिक राप्ती नदीमा नुहाउने क्रममा ति बालक वेपत्ता भएको प्रहरीले बताएको छ ।

बालक नदीमा डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए । खवर पाए लगत्तै नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि अहिलेसम्म ती बालक फेला नपरेको र खोजी कार्य जारी रहेको डिएसपी गौतमले बताएका छन् । वेपत्ता बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत थिए ।