प्रमोद आचार्य
दंगीशरण, १० फागुन ।
शिक्षामा गुणस्तरीयताका लागि बालबालिकामा संस्कारको विकास अपरीहार्य रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिले आयोजना गरेको आफ्नो ५८ औं वार्षिक उत्सव तथा अभिभावक भेलामा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
वार्षिक उत्सव कार्यक्रममा अध्यक्ष गिरीले गुणस्तरीय शिक्षा हुन विद्यालयमा विद्यार्थी ,शिक्षक ,र अभिभावकको त्रिकोणात्मक सम्बन्ध अपरीहार्य हुने बताउनुभयो ।अध्यक्ष गिरीले आफु निर्वाचित भएर आए पश्चात शिक्षामा कुनै कुराको कमि हुन नदिएको बताउदै अहिलेको आर्थिक वर्षमा शिक्षामा ११ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
पछिल्लो समय नागरिकको आर्थिक उपार्जनमा वृद्धि भएर हो कि ? किन सामुदायिक विद्यालयमा विज्ञ र योग्य शिक्षक हुँदाहुँदै पनि संस्थागत विद्यालय तर्फ अभिभावकको आकर्षण बढ्नुमा आफू अनभिज्ञ रहेको बताउनुभयो ।
वार्षिक उत्सव समारोहमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले आफु पहिलो कार्यकाल देखीनै शिक्षाको सुधारमा लागी परेको र शिक्षामा राजनिति हुन नहुने बताउनुभयो । बिरेन्द्र नमुना मावि हेकुलिलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण शिक्षक,विद्यार्थी,अभिभावक प्रती आभार प्रकट गर्नुभयो ।
वार्षिक उत्सव कार्यक्रममा वार्षिक प्रतीबेदन प्रस्तुत गर्नुहुदै विद्यालयका प्रधानाध्यापक खिमराज खनालले किसान र मजदुरका छोराछोरीहरु पढ्ने विद्यालयमा विद्यालयले यस्तो कठिन परिस्थितीमा गुणस्तरीय तथा प्रविधियुक्त शिक्षा प्रदान गर्न विद्यानलय निरन्तर लागिरहेको बताउनुभयो ।
पछिलो समय विद्यालयले धेरै फड्कोमारी यहाँसम्म आइपुग्नुमा सवैको साथ र सहयोग रहेको बताउनुभयो ।अहिले विद्यालयमा भौतिक पुर्वाधार तथा शिक्षक संख्या सवै पुगेको अवस्थामा रहेको आफुहरु पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा कटिबद्धका साथ अगाडी बढेको बताउनुभयो ।
वार्षिक उत्सवकै अवसरपारी विद्यालय स्थापना गर्न सहयोग गर्नुहुने संस्थापक जग्गा दाता,अक्षकोष स्थापना गर्ने ब्यक्तीत्व ,सुभदिन कोषमा सहयोग गर्ने सहयोगिदाता समाजसेवी,बुद्धिजिवी,प्राविधिक ,पुर्व शिक्षक ,लगायतलाई दोसल्ला तथा कदरपत्रले सम्मान गरीएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा गिता देवी उपाध्याय,उत्तम कुमार श्रेस्ठ,ढुण्डी प्रसाद अधिकारी,राम बहादुर कवर,जगत मोहन चौधरी,रंगवेलि चौधरी,गिरधरा बुढाथोकी,गोदादेवी चौधरी,कालुराम चौधरी,प्रमोद गौतम,नन्दलाल खत्री,लागायतलाई विद्यालयको चौतर्फि विकासमा खेलेको भुमिकाको उच्च कदर गर्दै सम्मान गरीएकोथियो ।
वार्षिक उत्सवकै अवसरमा दंगीशरण गाउँपालिकाका जिन्सि सहायक मस्तविर चौधरीले आफ्नो ममतामयि आमाको सम्झनामा ५ लाख ५५ हजार पाँच सय ,पच्पन्न रुपैयाको अक्षकोष स्थापना गर्नुभएको छ । उक्त अक्षकोषबाट विद्यालयमा अध्ययन गर्ने बिपन्न तथा जेहेन्दार छात्र/छात्रालाई वितरण गरीने बताइएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक जग्गादाता धरणिधर चौधरी र पद्मनाथ चौधरीको तस्विरमा माल्यार्पण गरी संस्थापकको सम्मान तथा स्मरण गरीएकोथियो ।
कार्यक्रममा पुर्व जि.वि.स सभापती तथा वि.ब्य.स.अध्यक्ष भरत केसी,पुर्व वि.व्य.स. अध्यक्ष मोहन चौधरी,पुर्व प्र.अ. भिम बहादुर केसी, वडा नं. ७ का वडा अध्यक्ष रेशम वहादुर वली, वडा नं.३ का वडा अध्यक्ष शुकलाल चौधरी, वडा नं. ४ का वडा अध्यक्ष कमल थारु, शिक्षक अभिभावक संघका अध्यक्ष बेदराज अधिकारी,लगायतले आ–आफ्नो भनाइ राख्नु भएकोथियो ।
वार्षिक उत्सव समारोह विद्यालयका प्रशासनिक सहायक राजेन्द्र भट्टराईको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक लक्ष्मण बस्नेत र दिनेश रेग्मीले गर्नुभएकोथियो ।
लाइभदाङ । १० फाल्गुन २०८०, बिहीबार १२:३३ बजे