दाङ
११ भदौ / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह माथि कालो मोसो दल्ने कार्य प्रति माओवादी केन्द्र दाङले गम्भीर ध्यानाकर्षण गराएको छ ।
जिल्ला पार्टी सचिब तुलसीराम पुन(सुवास) ले विज्ञप्ति जारी गरि दोषीलाई कारवाहीको माग गरेका थिए । त्यस्तै अस्पतालमा कर्मचारीले गरेको आन्दोलनप्रति पार्टीले एक्यबद्धता जनाउने समेत बताएका छन् ।
त्यस्तै नगर पार्टी तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीले पनि एक विज्ञप्ति जारी गरि घटनाप्रति भ्रत्सनागर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
लाइभदाङ । ११ भाद्र २०७८, शुक्रबार १९:२५ बजे