हामी “संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल”मा छौं । यो जनयुद्वको मुख्य उपलब्धि हो । यो व्यवस्था सामन्ति केन्द्रिकृत एकात्मक राज्य प्रणालको अन्त्य गरेर त्यसको विकल्पमा संघात्मक राज्य प्रणाली निर्माण गरिएको हो । यो व्यवस्था २०५२ फागुन १ गतेबाट नेकपा (माओवादी)ले आफ्नै नेतृत्वमा जनयुद्वको घोषणा गरेर (२०६३ मंसिर ५ गते शान्तिसम्झौता भएको थियो ।) १० वर्ष गरेको युद्वको जगमा वि.सं २०६२ साल मंसिर ७ गते दिल्लीमा भएको १२ बुदे संझौतापछि भएको ऐतिहासिक १९ दिने दोस्रो जनआन्दोलनको बलमा प्राप्त भएको हो ।
जनयुद्वमा कुल १७,८२८ नेपालीको मृत्यु भयो । १,४५२ बेपत्ता गरिए । ९,००० विधवा भए । ५,९१२ अंगभंग भए । २२,८६३ परिवार विस्थापित भए । १४,४३८ जनाको सम्पत्ति नष्ट भयो । यति क्षति व्यहोर्ने गरि नेपाली आमाका सपुतहरूले त्याग, तपश्या, विरता र बलिदानबाट मात्र त्यसको जगमा भएको आन्दोलनको बलमा अहिलेको अवस्था प्राप्त भएको हो ।
पहिलेको भन्दा अहिलेको आन्दोलनमा के फरक छ ?
१. वि.सं. २००७ सालको राणा शासन विरोधी आन्दोलन र २०४६ सालको जनआन्दोलनले नेपालमा नक्कली सार्वभौम सत्ता ल्याएको थियो । अहिलेको १९ दिने दोस्रो जनआन्दोलनले असली सार्वभौसत्ता जनताको हातमा ल्याएको छ । नक्कली सार्वभौमसत्ता यस मानेमा भन्छु कि “राज्यसत्ताको मुख्य मेरुदण्ड भनेको सेना हो । सेनालाई संवैधानिकरूपमा राजकिय अधिकार भनिन्छ । त्यो राजकिय अधिकार राजामा निहित रहने गरि सार्वभौम सत्ता जनतामा निहित रहनेछ भनियो । यो व्यवस्था खासमा राजाको सनक चढेको बेला जनताबाट खोस्न सक्ने व्यवस्था थियो ।
आखिरमा २०१७ पौष १ गते राजा महेन्द्रले र २०५९ माघ १९ गते राजा ज्ञानेन्द्रले सनकका भरमा सार्वभौम सत्ता जनतावाट खोसिदिए । खासमा राजकिय अधिकार विनाको सार्वभौम सत्ता नक्कली हुन्थ्यो । माओवादी सहितको सात राजनीतिक दलको नेतृत्वमा भएको दोस्रो जनआन्दोलनको बलमा हामीले राजकिय अधिकार सहितको सार्वभौम सत्ता जनतामा निहित भएको संविधान सभाबाट जारी गरिएको नेपालको संविधान–२०७२ को धारा २ मा लिपीबद्व ग¥यौं ।
२. अघिका दुवै आन्दोलनले बहुदलिय प्रजातन्त्र र संवैधानिक राजतन्त्र ल्याएका थियौं । तर, अहिले सामन्तवादको प्रतीक राजतन्त्र र त्यसको नाईके राजालाई कहिल्यै नफर्किने गरि सदाका लागि बिदा गर्नुका साथै “संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल” निर्माण ग¥यौं ।
३.पहिलेका दुवै आन्दोलनले सरकारका सञ्चालक मात्र फेरिएको थियो । सामन्ति एकात्मक केन्द्रीकृत राज्य संरचनालाई फ्याकिदैन थियो । तर, अहिलेको आन्दोलनबाट हामीले त्यसलाई फालेर संघात्मक लोकतान्त्रि गणतन्त्रात्मक राज्यसंरचना बनाएका छौं ।
४. पहिलेको आन्दोलनले हिन्दु राष्ट्र कायम राखिएको थियो । हिन्दु राष्ट्रका नाममा सामन्तवादले अरू धर्ममाथि विभेद गरेको थियो । अहिलेको आन्दोलनले हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष राष्ट्र बनाएर नेपालमा धार्मिक असमानताको अन्त्य र धार्मिक समानताको स्थापना ग¥यौं । धर्म राष्ट्रको होईन, मानिसले मान्छ र राष्ट्रिय धर्मका नाममा असमानता कायम गर्नु गलत छ, भन्ने विश्व सन्देश दियौं ।
५. पहिलेका आन्दोलनले समानुपातिक समावेशीता र समता मुलक व्यवस्था कायम गर्ने सकेको थिएन । अहिलेको आन्दोलनले सामाजिक न्याय, समता र समानुपातिक समवेशीताबाट मात्र समानता कायम गर्न सकिन्छ, भनी हामी नयाँ व्यवस्था कायम ग¥यौं ।
यी विषय अहिलेको आन्दोलनबाट प्राप्त भएका छन् । यो जनयुद्वको जगमा भएको १९ दिने ऐतिहासिक दोस्रो जनआन्दोलनको बलमा मात्र प्राप्त भएका हुन् । यसका लागि त्याग तपश्या, बिरता र बलिदान गर्ने जनयुद्व र दोस्रो जनआन्दोलन लगाएत विभिन्न आन्दोलनका महान सहिदरबेपत्ता घाईते अपाङ्ग, अशक्त र उनीहरूका परिवारजनमा उच्च सम्मान छ ।
# प्रतिगामीहरूको भ्रम र वास्तविकता
“संघिय लोकतान्त्रिक गणतन्त्र, नेपाल”को राज्य व्यवस्थाबाट असहमत प्रतिगामी, सामन्तवादी–राजावादी शक्तिले गणतान्त्रिक व्यवस्था सञ्चालकको कमजोरीमा टेकेर व्यवस्थामाथि नै गम्भीर आक्रमण गरेका छन् । उनीहरूले नेता र दलहरूको कमजोरीमाथि टेकेर जनतामा भ्रम सिर्जना गरिरहेका छन् ।
भ्रमहरू तपशिल बमोजिम छन् :–
१.उनीहरूले दल भन्दा माथि राजा हुनु पर्ने तर्कदिदै अभिभावकका नाममा राजा र राजतन्त्र फर्काउनु पर्ने दिई रहेका छन् । यो सामन्तवाद फर्काउने र अझै नेपाललाई संसार भन्दा ४५० वर्ष पछि धकेल्ने कुचेष्टा गरिरहेका छन् ।
२.उनीहरूले नेपाललाई धर्म निरपेक्ष होईन । हिन्दुहरूको बाहुल्यता भएकाले हिन्दु राष्ट्र बनाउनु पर्ने तर्क दिई रहेका छन् । धर्म व्यक्तिले मान्ने विषय हो । यो माटोको धर्म हुदैन भन्ने तथ्यलाई तोडमरोड गरेर देशमा धार्मिक असमानता कायम गर्न चाहन्छन् ।
३.प्रतिगामी शक्तिले समानुपातिक समावेशीता र समतालाई अस्विकार गर्दै जाति र भाषाको माध्यमबाट महिला दलित र जनजातीमाथि शोषन गर्नुलाई अधिकारको व्याख्या समेत गर्छन् ।
४.उनीहरूले नेपालमा संघात्मक व्यवस्था खर्चिलो भएको भन्दै सामन्ति केन्द्रकृत एकात्मक प्रणाली लागुको माग गरिरहेका छन् । प्रतिगामी शक्तिहरू विभिन्न बहानामा सामन्तवाद र राजतन्त्र फर्काएर जनतामा शोषन दमन कायम राख्ने षडयन्त्रमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली समेत प्रकारान्तरले यो विषयमा केन्द्रित छन् । कम्युनिष्टका नाममा उनीले नेकपा (एमाले)लाई चरम दुरूपयोग गरिरहेको छन् ।
१.प्रदेश र स्थानियतह संघिय सरकारको इकाई भएको व्याख्या गर्छन्।
२. यो व्यवस्था ल्याउन मुख्य भुमिका खेलेको माओवादी नेतृत्वको जनयुद्वको सदा नेतृत्व गर्छन् । सत्ता परिवर्तन संघर्षबाट होईन सम्झौताबाट हुने तर्क दिन्छन् । वर्गसंघर्षमा राज्यसत्ताको दमन जायज र प्रतिरोध अपराध भएको व्यख्या गर्नुले पुष्टि हुन्छ ।
३.उनी कहिल्यै पनि गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक, समावेसी तथा समताको पक्षमा बोल्दैनन् ।
४.उनी राजकिय अधिकार सहितको सार्वभौम सत्ता जनतामा ल्याउने पक्षमा कहिल्यै रहेनन् ।
५.आन्दोलनबाट गणतन्त्र ल्याउछु भन्नू र वयलगाडा चढेर अमेरिका जान्छु भन्नू एउटै भनी जनआन्दोलनको खिल्लि उडाउनु ।
६.माक्र्सवादको रक्षामा १ मिनेट पनि समय नखर्चिनुले ओली प्रतिगामीका भरपर्दा मतियार भएको पुष्टि हुन्छ ।
चलाखी पूर्ण तरिकाले सामन्तवादको अन्त्य र देशमा “संघिय लोकतान्त्रिक गणतन्त्र” प्राप्तिका निम्ति योगदान गरेकोमा कमरेड प्रचण्डलाई उच्च सम्मान छ । हामीलाई आशा छ कि तपाईले वर्तमानमा गरेका गल्ति र कमजोरीलाई सच्याएर देशलाई समाजवादी बाटोमा डो¥याउने हुनु हुनेछ र नेपालको विश्वस्तरमा प्रतिस्प्रर्धा गर्न सक्ने हैसियत निर्माण हुनेछ ।
अबको क्रान्तिकारी नेतृत्वको दायित्व र कर्तव्य के हुन आउँछ, भने आन्दोलनबाट अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने र यसलाई थप विकास गर्ने हो । यो कार्य अहिलेसम्म अघि बढ्दा गरिएका वा भए गरेका कमजोरीको समीक्षा एवं समाजवादी व्यवस्था निर्माण गरेर मात्र संभव छ ।
सक्नु हुन्छ नेतृत्व गरेर अघि बढ्नुस् । सक्नु हुदैन, भने समाजको यो परिवर्तनको प्रक्रियालाई यहाँसम्म ल्याई पु¥याएकोमा तपाईलाई धन्यवाद दिदै सर्वहारावर्ग निरन्तर अघि बढ्छ । क्रान्तिलाई निरन्तरता दिदै अघि बढ्नु सर्वहारा वर्गको दायित्व र वर्गसंघर्षको नियम हो । साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । २२ कार्तिक २०७९, मंगलवार १५:०४ बजे