पहिलो चुनाव हारेपनि जनतासंगै रहेँ, अहिले पक्का जित्छु : भट्टराई

कालिमाटी, १५ वैशाख ।

सल्यान जिल्ला कालिमाटी गाउँपालिका गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अध्यक्ष र नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष उम्मेदवारी दिएको छ ।

प्रमुखमा माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा समाजवादीका युवा नेता ज्ञान्द्र के.सि उम्मेदवार बनेका छन ।भट्टराई यसअघिको चुनावमा पनि उम्मेदवार थिएर त्यसबेला पराजित भएका थिए र अहिले फेरि उम्मेदवार बनेका हुन् ।

सल्यान जिल्लाका नेता तथा माओवादी केन्द्रको पालिका इन्चार्ज, कालिमाटी गाउँपालिका अध्यक्ष पदका उम्मेदवारी ,उनका चुनावी एजेण्डाका सहित कमल कडेलले गरेको विशेष कुराकानीको सम्पादित अंश ।

अघिल्लो चुनावमा तपाईं पराजित हुनुभएको थियो । फेरि यसपटक गठबन्धनकातर्फबाट उम्मेदवार बनेर आउनुभएको छ । अघिल्लो चुनावमा नै पराजित भइसकेको तपाईंलाई मतदाताले फेरि मत हाल्नुपर्ने आवश्यकता किन पर्‍यो ?

कालिमाटी गाउँपालिकाको अघिल्लोपटक पनि माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार भएको थिएँ । त्यसबेला एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । त्रिपक्षीय प्रतिस्पर्धा भयो । हामी पराजित भयौं । उपमहानगरको नेतृत्व जस्तो हुनुपथ्र्यो त्यो एमालेले दिन सकेन । उहाले जनतालाइ विकासको अनुभुती दिलाउन सक्नु भयन।पुरै पालिका भ्रष्टाचारमा लिपत भयो।नेतृत्व दिन उहाँहरू असफल हुनुभयो । सुशासन,विकास लगायतको अवस्थामा हेर्ने हो भने कालिमाटी देशभरमै अन्तिमतिर छ ।

अहिले गठबन्धनले मलाई अध्यक्ष उम्मेदवार बनाएको छ । कालिमाटी गाउँपालिका सुशासन कायम गर्न, विकासका काम, स्वास्थ्य, शिक्षा,रोजगारी,खानेपानी,बिजुलि,सञ्चार,पर्यटन र वातावरणसँग सम्बन्धित विषयलाई अघि बढाउनका लागि फेरि पनि मेरो उम्मेदवारी आवश्यक भयो ।

अघिल्लोपटक के कारणले चुनाव हार्नुभएको थियो ?  यसपटक जित्ने आधार के छन् ?

त्यो समय पार्टी पनि विभिन्न फूटबाट गुज्रिएर भर्खरै माओवादी केन्द्र बनेको थियो ।मनोवैज्ञानिक प्रभाव पनि यहाँ पर्यो । सांगठनिक संरचनाको हिसाबले पनि माओवादी केन्द्र व्यवस्थित भइसकेको थिएन । त्यसबेला हामी प्रतिस्पर्धात्मक शक्ति हो भनेर देखाउन सक्यौ । गएको चुनावले यो गाउँपालिकामा माओवादी शक्तिशाली छ भनेर स्थापित गर्ने अवसर थियो । त्यसबेला हामीले गाउँपालिकाको ७ मध्ये ज्ञवटा वडामा वडाअध्यक्ष जितेका थियौं ।

अहिले हामी दुईदलको गठबन्धनमा छौं । अघिल्लो चुनावमा हामीले काङ्ग्रेसको भन्दा धेरै मत ल्याएका थियौ । अहिले समाजवादी सग गठबन्धनमा चुनावमा छौं । त्यसो हुँदा जीत अझ सहज बनेको छ । अघिल्लोपटक चुनाव हारेपछि म जनताको बीचमा गएँ । यहाँका विभिन्न समस्यालाई सहजीकरण गर्न खोजें । जनताको अप्ठ्यारा, सप्ठ्यारासँग जोडिन गएँ । मेरो क्रियाशीलतामा कुनै कमी आउन दिइनँ ।

डेढ दुई वर्षको अघिदेखि नै कालिमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई नै हो भन्ने स्थापित गर्न सफल भएको छु । यहाँका धेरै विषयमा मैले लिएको पहलकदमीले गर्दा भट्टराईलाई जीताउन पाएको भए पो हाम्रा समस्या सम्बोधन हुने रहेछन् भन्ने जनमानसमा परेको मैले महशुस गरेको छु ।


गठबन्धनको उम्मेदवार बन्नुभयो । चुनावी तयारीका हिसाबले दुई पार्टी एकआपसमा कत्तिको अन्तरघुलित छ ?

हामी शान्ति प्रक्रियामा आएदेखि नै कालिमाटी विकासमा समग्र सबैसग राम्रो सहकार्य छ । यहाँको सामाजिक आर्थिक विकासमा हामीले सहकार्य गरेका छौं ।

पालिकामा अहिले एमाले भन्दा एकिकृत समाजवादि बलियो छ र लामो सहकार्य गरेको अनुभव छ । एमलेसँगबाट विभाजित भएर आएको एकीकृत समाजवादी हिजो नेकपा कालमा नै राम्रो अन्तरघुलित भएको शक्ति हो ।

काङ्ग्रेस सग गठबन्धन हुन सकेन कांग्रेसले मेयरको उम्मेदवार नपाएको र धेरै वडा आफुले चाहेको विषयमा असन्तुष्टि रहेछ । यसले कांग्रेसको मत नपाउदा आफुले जित्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

कतिपय दलमा टिकट वितरणको विषयमा तलसम्म पुग्दा विभिन्न प्रकार समस्या छन् । सबैको इच्छा आकांक्षा सम्बोधन हुन सक्दैनन् । असन्तुष्टिहरू धेरै हुन्छन। समग्र यस गाउँपालिकामा अहिले पहिलो शक्ति हामीनै हो।त्यसपछिको दोस्रो शक्ति समाजवादी को साथ हामिलाइ छ। महत्त्वपूर्ण कुरा त मतदाता हाम्रो पक्षमा छन।कालिमाटीको विकास हामीबाटै सम्भव रहेको जनताले बुझी सकेका छन त्यसैले यो पटक हाम्रो जित निश्चित छ।

तपाईं दुई दलको साझा उम्मेदवार हो । दुई दललाई समेट्ने विशेष विशेषता के छन् ?

केन्द्रबाट नै गठबन्धन बनेको छ । एमालेले देशलाई अस्थिरतामा लैजानका लागि गरेको हर्कतका विरुद्धमा यो गठबन्धन बनेको हो । स्थानीय तहमा हामीले निरन्तर सहकार्य गर्दै आएका छौं । यो गठबन्धन वा भागबण्डा हामीले स्थानीय तहमा गरेको पनि होइन । शीर्ष तहमा सहमतिका आधारमा भएर आएको हो । अब स्थानीय मुद्दाहरूमा पनि हामी साझा रूपमा सहकार्य गरेर जान सक्छौं ।

तपाईंले निर्वाचन जित्नुभयो भने आगामी पाँच वर्षभित्रमा कालिमाटी गाउँपालिकामा जनताले के–के नयाँ कुरा अनुभूत गर्न पाउँछन् ?

सबैभन्दा पहिले कालिमाटी गाउँपालिकामा सुशासन कायम गर्छौं । अहिले पालिकावासीकै बदनाम भएको छ । अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्छौैं ।

माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहमा सुशासनको हिसाबले उत्कृष्ट छन् । हामी यश गाउँपालिकालाई पनि सोही अनुसारको सुशासन कायम भएको स्थानीय तह बनाउँछौं । उपमेयरमा समाजवादी उम्मेदवार बन्नुभएको व्यक्ति पनि पढेलेखेको, युवा हुनुहुन्छ ।यो पाँच बर्षमा शिक्षामा अहिले उच्च माध्यमिक शिक्षा,प्राविधिक शिक्षा लिन बाहिरी जिल्ला जाने जुन अबस्था छ यसलाई रोकेर पालिकामै विभिन्न बिषयमा प्राबिधिक शिक्षा सहितको उच्च शिक्षा अध्यन गर्न पाउने ब्यवस्थापन गर्छौ , अहिले जुन सामान्य अवस्थाको बिरामी पर्दानी बाहिरी जिल्ला धाउनुपर्ने अबस्थाछ हामिले १ बर्ष भित्रै यहाँका जनतालाई आधुनिक ल्याब र एकसरे सहितको निशुल्क स्वास्थ सेवा दिन्छौ , युवा रोजगारी र उद्यमशिलतामा जोड दिन्छौ, १ बर्ष भित्र सम्पुर्ण पालिकामा प्रत्येक घरमा पानीको धारा र बिजुली बिस्तार गर्छौ। मानव विकास, वातावरण र पूर्वाधार विकासको क्षेत्रका काम गर्छौं । कला साहित्य, संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने,प्रयर्ट्किय स्थलको बिकास र संरक्षणमा काम गर्ने योजना बनाएका छौं ।