‘बैंकको ब्याज बृद्धिले निजि ब्यबसाय धरापमा’

तुलसीपुर,२१ कात्तिक । बैंक तथा वित्तिय संस्थाहरुबाट अत्याधिक रुपमा गरिएको ब्याजदर बृद्धिको विरुद्धमा तुलसीपुरमा ¥याली निकालिएको छ ।

सोमबार तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा उक्त ¥याली निकालिएको हो । त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले ब्याज बृद्धि ब्यबसायीहरु पलायन हुने अबस्थामा पुगेको भन्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए ।‘पहिले ७ प्रतिशत ब्याजदर थियो, अहिले साढे १४ प्रतिशत भएको छ’,उनले भने‘यसले गर्दा ब्यबसायीहरु पलायन हुने अबस्था भयो ।’

अर्थमन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नहुँदा यसरी ब्यबसायीहरुले मार खेप्नु परेको उनको भनाई छ । यसका विरुद्ध सबै ब्यबसायी एकजुट भएर आन्दोलन गर्नुपर्ने आबश्यकता रहेको समेत उनको भनाई छ ।


बैंकले यसरी ३÷३ महिनामा ब्याजदर बृद्धि गर्नुले राज्य भएको अनुभूति नभएको संघका पूर्वध्यक्ष विमल रिजालले बताए । राज्यले निजि ब्यबसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक गराउन नसकेको समेत उनको भनाई छ । तुलसीपुर उद्योग बाणिज्य संघबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरि बीपी चोकमा पुगेर कोणसभा गरिएको थियो । सभाको सहजीकरण महासचिब विनिल केसीले गरेका थिए ।

यसैबीच ब्याजदर बृद्धिका विषयमा संघले कार्तिक २३ गते विहान १० बजे प्ले कार्ड सहित तुलसीपुरमा रहेका बैकहरूमा धर्ना दिने भएको छ ।