कर्मचारी महासंघ दाङको बिशेष भेला, अध्यक्षमा पोख्रेल

दाङ,९ असोज ।
नेपाल कर्मचारी महासंघ जिल्ला कार्य समिति दाङको बिशेष भेला घोराहीमा सम्पन्न भएको छ ।

जिल्ला संयोजक इश्वरीप्रसाद चालिसेको अध्यक्षता, पोलिटब्यूरो सदस्य निर्मल आचार्य, हेमराज शर्मा, प्रदेश उपाध्यक्ष तथा कर्मचारी फ्रयाक्सन इञ्चार्ज लुमाकान्त न्यौपानेलगायतको बिशेष उपस्थितिमा भेला भएको हो ।


भेलाले महासंघका सबै घटक संगठनहरुको प्रतिनिधित्व हुने गरी किरण पोख्रेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा जीवन खड्का र रामकुमारी पुन, चिव निजामतितर्फबाट राखिने छ, भने सहसचिव जगतप्रसाद आचार्य चयन हुनुभएको छ ।

कोषाध्यक्ष दर्शन गौतम रहनुभएको छ, भने सदस्यहरुमा गोकर्ण बुढा र रामराज पौडेल रहनुभएको छ । निजामति र दूरसञ्चारतर्फ सदस्य चयन हुन बाँकी रहेका छन् ।