दंगीशरणमा शैक्षिक सम्मेलन

प्रमोद आचार्य
दंगीशरण, २१ कात्तिक ।
गुरुबाबा सहकारी हेकुलि ३ रावतगाउको आयोजना, गोल्डेल पाथ एकाडेमिको ब्यबस्थापन ,तथा गुणस्तरीय शिक्षाका लागी MTB -MLE प्रोजेक्ट को सहयोगमा ४ दिने शैक्षिक सम्मेलन आइतबार देखि दंगीशरण ३ रावतगाउँको गोल्डेल पाथ एकाडेमिमा शुरु भएको छ ।

गोल्डेन पाथ एकाडेमिका विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बिरबल चौधरीको शभापतीत्व ,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा डेन्मार्कबाट आएका बिदेशी पाहुना फ्लिमिङ टप सो ,कुनुड बलाइन्डर ,कृस्टियन र बिटाको जिशिष्ट आथित्यतामा ४ दिने शैक्षिक सम्मेलनको आइतबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा विदेशी नागरिक फ्लेमिङ टप सो ले डेन्मार्कबाट सहयोग भएको २ फ्लाइटको पकि भबनको उद्घाटन समेत गर्नुभएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकामै गुरु बाबा सहकारीले उत्कृष्ट काम गर्दै अगाडि बढेकोमा खुसि ब्यक्त गर्नुभयो ।अध्यक्ष गिरीले विदेशी पाहुनाहरुलाई ल्याइ यहाँको शिक्षाको गुणस्तरमा अग्रणीय भुमिका खेलेको प्रती गुरुबाबा परीवार प्रती धन्यवाद ब्यक्त गर्नुभयो ।


यस्तै कार्यक्रमका विशिष्ट अथिती फ्लेमिङ टप सो ले शिक्षाको गुणस्तर बढाउन मातृ भषामा शिक्षण गर्न सुझाब दिनुभयो । विभिन्न थारु संस्कृती तथा परम्परा झल्कने नृत्य ,नाटक ,सहित विभिन्न प्रस्तुतीहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । आइतबार देखी ४ दिन सम्म चल्ने सम्मेलनमा विदेशी पाहुनाहरुले शिक्षक तथा अभिभाबकहरुलाई तालिम दिनेछन ।

कार्यक्रममा दंगीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, पशु शाखा प्रमुख हितराम चौधरी,कृषि शाखा सहायक मान बहादुर डाँगीलगायतको सहभागिता रहेको थियो । गुरुबाबा बहुउद्देश्यीय सहकारी सस्थाका निबर्तमान सचिब महेन्द्र चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको औपचारिक कार्यक्रमको सहजिकरण गुरु बाबाका ब्यपस्थापक तथा गोल्डेल पाथ एकाडेमीका प्रिन्सिपल बालुराम चौधरीले गर्नुभएको थियो ।