दाङ
१० भदौ / विप्वल निकट नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भइरहेको बिबिध गतिविधिप्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले विहीबार एक बिज्ञप्ति जारी गरि यस्तो बताए । विज्ञप्तिमा भनिएको छ‘संस्थाको प्रगतिमा कुनै बाधा वा हिनामिना भएको छ भने साधारण सभामा प्रष्ट रुपमा राख्नुपर्ने र आलोचना गर्नुपर्ने हँुदाहुदै पनि आन्तरिक रुपमा संस्थाको छलफल र बैठकबाट हल गर्नुपर्ने विषयहरुमा कार्यसमितिका सदस्यहरुबाट कुनै छलफल नगर्ने तर संस्थाकै विरुद्धमा लागेका केही व्यक्तिहरुसंग मिलेर अख्तियार देखि अदालत सम्म धाउने प्रवृतिको हामी घोर निन्दा एवम भत्र्सना गर्दछौ ।’
साथै बिज्ञप्तिमा संस्थाको तत्कालिन र दीर्घकालीन समस्या समाधानका लागि सबै राजनीतिक दल,स्थानीय सरकार,सरोकारवाला निकाय र उपभोक्ताहरुबिचमा सर्वपक्षीय छलफल गरि निकास निकाल्न पनि आग्रह गरिएको छ । त्यस्तै संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउन समेत बिज्ञप्तिमा आग्रह गरिएको छ ।
लाइभदाङ । १० भाद्र २०७८, बिहीबार १८:५५ बजे