लुम्बिनीको बजेट अधिवेशन ३१ गतेका लागि आह्वान गर्न सिफारिस

दाङ, २४ बैशाख । लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।


गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।