तुलसीपुर
१९ कात्तिक / नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३(२)का उम्मेदवार हुकुम बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनले निर्वाचन आचरसंहिता विपरित कार्य गरेको भन्दै आबश्यक कारवाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।
उनी गएको मंगलबार संघीय सांसदका उम्मेदवार कोमल वलीसंगै विद्यार्थीहरुसंग भोट माग्न गएको भन्दै निर्वाचन आचरसंहिता विपरित कार्य भएको निवेदकको ठहर छ । सोही अनुसार बस्नेतलाई आबश्यक कारवाहीको माग सहित उजुरी परेको हो ।
उनीहरुले बबई गाउँपालिका वडा नं.१ स्थित सरस्वति जनता माध्यामिक विद्यालयमा गएर विद्यार्थीहरुसंग भोट माग्नुकासाथै भिजिटिङ कार्ड समेत दिएका थिए । आचरसंहिता उल्लंघन गरेको भन्दै कोमल वलीलाई आयोगले स्पस्टीकरण सोधिसकेको छ ।
लाइभदाङ । १९ कार्तिक २०७९, शनिबार २०:५१ बजे