पालिकास्तरिय उपभोक्ता समितिको अध्यक्ष नेपाली चयन

हापुरे
१० भदौँ / बबई गाउँपालिकास्तरिय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन हुनुभएको छ ।

बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना अन्तर्गत आज हापुरेमा भएको भेलाले नेपालीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा लिलाकुमारी वली, सचिबमा हेमा बिक र कोषाध्यक्षमा हिमा भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजकुमारी वली डाँगी, सुप्रिया रोकाय, जानकी खड्का, चेतना चौधरी, झमारा सार्की, मानकुमारी केसी, श्यामप्रकाश चौधरी र हिरालाल खड्का चयन हुनुभएको छ ।


बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको सयुक्त प्रयासमा परियोजना सञ्चालन भइरहेको छ । उपभोक्ता समिति गठन कार्यक्रममा पालिका अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिश्वकर्मा, वडाध्यक्षहरु नन्दलाल वली, टेकबहादुर वली, डम्बर सिरिस मगर, महाबीर चौधरी, चिन्तामणी शर्मा, खड्गबहादुर कवरले बोल्नुभएको थियो ।

परियोजनाका बारेमा कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी गराउनुभएको थियो । आर्थिक बर्ष २०७७/०७८ देखि बबई गाउँपालिकामा बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सुरु भएको हो ।

पालिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका सात वटै वडामा गठन भएका बिभिन्न कृषि समुहका प्रतिनीधिहरुको सहभागीता रहेको थियो । भेलाको सहजीकरण परियोजना संयोजक हिरालाल खड्काले गर्नुभएको थियो ।