राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

दाङ,०१ जेठ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शुन्य बेरुजु देखीएको छ । प्रतिष्ठानका तत्कालिन निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालको दुई बर्षे कार्यकालमा बेरुजु शुन्य देखीएको हो । लम्साल प्रतिष्ठानमा हाजिर भई आफ्नो कार्यकाल सुरु गरेदेखी नै आर्थिक पारदर्शिता र शुन्य बेरुजु अभियानमा लागेर आर्थिक सुसासन कायम गर्न सफल हुनु भएको थियो ।


यसैक्रममा आ.व. २०८१/०८२ को लेखापरिक्षणमा महालेखा परीक्षकको कार्यालयले देशभरका सरकारी स्वामित्वका संस्थाहरूमा लेखापरीक्षण गर्दा ८८ अर्ब ९ करोड बेरूजु निकालेको छ यो बेरुजु थपिँदा मुलुकको कुल बेरुजू ७ खर्ब ५५ अर्ब पुगेको छ यस वर्ष कुल ९४ अर्ब ८४ करोड रुपैयाँ बराबर लेखा परीक्षण गरिएको थियो भने १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ लेखा परीक्षण जेंजी आन्दोलनमा कागजात जलेको कारण हुन सकेको छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा भने उक्त आ.व.को बेरुजु शून्य रहेको प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक, सह(प्राध्यापक डा। सुरेश रसाईलिले जानकारी दिनुभयो । आर्थिक सुशासनको पक्षमा प्रतिष्ठानले सकारात्मक शन्देश दिन सफल भएको डा. रसाईलिले बताउनुभयो ।