विक्रेता वाली स्थल अनुगमन कार्यक्रम सम्पन्न

देविराम कुसारी
शितलपुर, १६ कात्तिक।
महिन्द्रा एग्रि सोलशन लिमिटेडको आयोजनामा विक्रेता वाली स्थल अनुगमन कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर क्षेत्रका एग्रो सञ्चाल तथा किसानहरुको संयुक्त टोलिदाई तुलसीपुर उपमहानगरपालिकाले ११ को उरहरीमाअनुगमन गराईएको लिमिटेडका एरिया म्यानेजर अखिलेस यादवले जानकारी दिनुभएको छ ।

अनुगमनका क्रममा एम पी ३०३० ( MP 3030) धान खेतिको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अन्य धान र एम पि ३०३० धानमा तुलना गर्दा एम पि धान बढि फलेको र रोग कम लागेको पाईएको विटि अग्रोभेटका सञ्चालक निर्मल आचार्यले जानकारी दिनुभयो ।


नयाँ प्रविधि अपनाइएको यो धान अहिले कृषकको रोजाईमा परेको पृथ्वी एग्रोभेटका सञ्चालक बाबुराम बरालले वताउनु भयो । एम पि ३०३० धान लगाउदा किसनले अन्य धान भन्दा बढी आम्दानि लिन सक्ने कम्पनिका जिल्ला प्रमुख शंकर डागीले बताउनुभयो । अनुगमनका क्रममा अन्य धान खेती र एम पि ३०३० धान खेतिको प्लटिङ गरि अनुगमन गरिएको थियो ।