मेट्रोका विद्यार्थीले बेचे ४ लाखको फुल

देव राज कँडेल
तुलसीपुर, १७ कात्तिक ।

पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले चार लाखको फुल विक्री गरेका छन् । तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले संयुक्तरुपमा फुल खेति गरेका थिए । विद्यालयको ५ कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीहरुले ४ लाख बराबरको आम्दानी गरेका हुन् ।

बजारको माग अनुसार फुल पु¥याउन नसकिएको विद्यार्थी सन्दिप मल्लले बताए । ‘फुलको माग अत्याधिक भएपनि हामीले सो अनुसार पु¥याउन सकेका छैनौ’ मल्लले भने । कलेजले विद्यार्थीहरुलाई परियोजनात्मक कार्यक्रममा सहभागी बनाएर पढ्दै कमाउँदै गराउनका लागि कार्यक्रम सञ्चालन गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।


विद्यार्थीहरुले आफै विरुवा उत्पादन गरेर फुल खेती गरेको शिक्षक घनश्याम केसीले जानकारी दिए । उनले फुलबाट आशा गरे अनुसार आम्दानी भएको बताउँदै थप २ लाखको फुल विक्रीका लागि तयारी भएको जानकारी दिए । मखमली र सयपत्रीफुलको खेती गरेका विद्यार्थीहरुले किलोमा ६ सय र प्रतिमाला २ सय ५० सम्ममा विक्री गरेको विद्यार्थी सीता भण्डारीले भनिन् ।

फुलखेतीसँगै कलेजले अन्य काममा पनि विद्यार्थीहरुलाई परियोजनात्मक कार्यमा लगाइरहेको कलेज प्रमुख आचार्यले भने । पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिदै कलेजले अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रमुख आचार्यले बताए ।