राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र खोल्ने, अध्यक्ष, निर्देशकबीच सम्झौता

दीपक बोहरा
दाङ,१६ कात्तिक ।
लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकामा आखा उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । त्यसकालागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र राप्ती गाउँपालिकाबीच सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङबीच बुधबार सम्झौता भएको हो ।

राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानी भएको स्थान भएकाले बार्षिक करिब १० लाख भन्दा बढि जनसंख्याले आँखाको सेवा पु¥याउनकालागि तिलगंगा आँखा सर्जिकल केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष विष्टले बताउनुभयो ।“लामो समयको संघर्ष पछि हाम्रो पहलमा आँखा उपचार केन्द्र सञ्चालनमा आउन लागेको हो”,अध्यक्ष विष्टले भने“प्रदेशको राजधानी पनि भएकाले बार्षिक करिब १० लाख जनसंख्याले सेवा लिने अपेक्षा गरिएको छ ।”
त्यस्तै बाषिृक १५ सय भन्दा बढि विरामीहरुको शल्यक्रिया सुरुका बर्षबाटै सेवा प्रदान गर्न सकिनेछ । हाल सिसहनिया स्थित स्वास्थ्य चौकीमा आधारभूत आँखा सेवा, आबधिक शल्यक्रिया सञ्चालन गर्ने तथा प्रस्ताबित ५० बेडको अस्पताल बिशिष्टिकृत सहितको गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको अध्यक्ष विष्टले बताए ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको शाखाका रुपमा सञ्चालन हुन लागेको उक्त केन्द्रले दृष्टि तथा आँखा जाँच, आँखा सम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको शल्यक्रिया सेवा, औषधी तथा चश्माको विक्री वितरण गर्नेछ । त्यस्तै आबश्यक विरामीहरुलाई रिफरल सेवा,आँखा रोग सम्बन्धि आकस्मिक सेवा प्रदान, आँखा स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने अध्यक्ष विष्टको भनाई छ ।


गाउँपालिकाले सुरुवातमा सिसहनिया स्वास्थ्य चौकी परिषरभित्रबाट सेवा सञ्चालनकालागि आबश्यकताको आधारमा सडक, पानी, बत्ति, पार्किङ स्थल, विरामीकालागि विश्राम स्थलसहितको भवन ब्यबस्थापन गर्नेछ । त्यस्तै भबिष्यमा आँखा अस्पताल सञ्चालनको लागि आबश्यक पर्ने करिब डेढ विघा जग्गा सहितको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने, गाउँपालिका भित्र रहेका सिमान्तकृत, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता तथा विपन्न बर्गको आँखा स्वास्थ्य उपचारकालागि आबश्यक आर्थिक ब्यबस्था गर्ने, आँखा केन्द्रको बृद्धि विकास तथा दिगोपनकालागिसहभागिता मुलक कार्य गर्ने, कार्यविधि बनाई कार्यान्वयन गर्ने गाउँपालिकाको दायित्व रहेको अध्यक्ष विष्टले बताए ।

त्यस्तै प्रतिष्ठानले केन्द्र सञ्चालनकालागि कर्मचारी तथा सामग्री ब्यबस्था गर्ने,सेवा शूल्क निर्धारण गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौता ३० बर्षको रहनेछ ।साथै आपसी सहमतिमा सम्झौतालाई पुनः नविकरण गर्न सकिने अध्यक्ष विष्टले बताए ।

केन्द्र सञ्चालनको प्रक्रिया पूरा गरेर छिट्टै सञ्चालनको तयारी समेत भएको अध्यक्ष विष्टले बताउनुभयो ।“सम्झौता भइसक्यो, यो हाम्रा लागि ठूलो सफलता हो”,उनले भने“अब यसलाई आबश्यक प्रक्रिया पूुुरा गरि छिट्टै सञ्चालनमा ल्याउने हाम्रो तयारी छ ।”