कात्तिक १८ देखि मतदाता शिक्षा कार्यक्रम सुरु गरिने

दाङ, १४ कात्तिक ।
मंसिर चार गते हुने आम निर्वाचनको मिति नजिकिदै जाँदा उमेदवार, दल तथा निर्वाचन आयोगलाई चुनावी चटारो छ । आयोगले यही कात्तिक १८ गतेदेखि मुलुकभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।


आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको उहाँको भनाइ छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रमएक करोड ८० लाख मतदातासम्म पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो । मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् ।