दाङका इट्टा उद्योगमा पनि सिन्डिकेटको गन्धः जिग–ज्याकलाई पनि बन्द गर्नेमा जोड

दीपक बोहरा
दाङ, १५ पुस ।

दाङमा जिग–ज्याग प्रबिधि जडान गरेको एउटा मात्रै इट्टा उद्योग छ । त्यो हो– तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योग । जिग–ज्याग प्राबिधि जडान भएपछि दाङमा अन्य उद्योगले गर्ने प्रदूषण भन्दा निकै न्यून धुवा फाल्छ । तर, त्यही इट्टा उद्योगलाई जिल्लाका सबै इट्टा उद्योगहरु मिलेर बन्द गराउन खोजिरहेका छन् । जिल्लामा सबै भन्दा गुणस्तर इट्टा उद्योगका रुपमा सोही स्थापित छ । जसका इट्टा धेरै विक्री हुने गर्छन् ।

तर, जिल्लाका अन्य उद्योगका इट्टाहरु अहिलेसम्म पनि पूर्ण रुपमा विक्री भएका छैनन् । केही उद्योगका मात्रै विक्री भएपनि अधिकांस उद्योगका इट्टाहरु विक्री नभएपछि केही समय उद्योगमा आगो नलगाउने गरि तयारी गरेका छन् । तर, धेरै विक्री हुने जय श्री हनुमानले भने विगत झै यस बर्ष पनि पुसमा आगो लगायो । त्यसलाई डन्डा लगाउन सरकारी शक्ति नै प्रयोग भयो । विगतमा मंसिर मसान्तदेखि आगो लगाउनेहरु अहिले सरकारको परिपत्र ल्याएर बन्द गराउने होडमा लागेका छन् ।“विगतमा मंसिर मसान्तमा आगो लगाउँदा वातावरण प्रदूषण नहुँने”, उद्योगका सञ्चालक मोहन पुनले भने“अहिले हामीले लगाउँदा सबैले डाहा गरिरहेका छन् ।”

जिल्लामा आफूूहरुले मात्रै धुवा कम आउने गरि जिकज्याक प्रबिधि जोडेको भन्दै यसको अनुगमन गरि त्यही अनुसार ब्यबहार गर्नुपर्ने समेत उनको माग छ ।“धुवा कति आउछ, यसले कति असर गरिरहेको छ, यसको अनुगमन,मूल्यांकन गर्ने निकाय कुन हो, हेरिदेओस”,उनले भने“जिल्लाका अरु इट्टा उद्योगको घानमा हामीलाई हाल्ने काम नगरोस् ।”

सरकारले गरेको परिपत्र अनुसार उद्योगको लगानीमा जति खर्च भयो, त्यसको आधार लगानी गरेर जिकज्याक प्रबिधि जडान गरेको भन्दै यो जडान गरेपछि पनि अन्य उद्योगसरहको ब्यबहार गर्नु गलत भएको उनको भनाई छ । अन्य उद्योगले निकाल्ने जस्तो धुवा र प्रदूषण गर्ने भन्दै यसमा अन्य उद्योगहरुले पनि बुझ्नु पर्ने उनको भनाई छ । पछिल्लो समय ब्यबसायीहरु मारमा परिरहेको अबस्थामा ब्यबसायीहरुबाटै प्रहार हुनु गलत भएको भन्दै ब्यबसायीहरु भावनामा बग्न आवश्यक नभएको समेत बताए । एउटा ब्यबसायीका विरुद्धमा अर्को ब्यबसायी जान नहुँने समेत उनको भनाई छ । यदि त्यसो गरिएमा भविष्यमा समेत ब्यबसायीहरुप्रतिको एकतामा आँच आउने र त्यसले स्वयं व्यबसायीहरुलाई नै आफ्ट्यारो पार्ने कुरामा गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले जिल्लामा सबै भन्दा बढि तीन सयसम्म मजदुरलाई रोजगार दिएको समेत बताए ।

केन्द्रको निर्देशन अनुरुप एकैसाथ पुस मसान्त भित्र मात्रै इट्टामा आगो लगाउन खोजेको दाङ जिल्ला इट्टा ब्यबसायी संघका अध्यक्ष रोम वलीले बताए । उनले पनि जिल्लामा एउटा मात्रै जिकज्याक प्रबिधिको इट्टा उद्योग रहेको स्वीकार गरे ।“जिल्लाका कुरा होईन्, काठमाडौंंमा सबै जिकज्याक प्रबिधिका छन्, अझै नयाँ टनेल प्रबिधि समेत आइसकेको छ”,उनले भने“तर, हामीले सरकारको पत्रलाई मानौं भन्ने कुरा हो ।” यद्यपी घरेलु तथा साना उद्योग कार्यालयले पुस मसान्त पछि मात्रै उद्योगमा आगो लगाउने भनि पत्र पठाएको थियो । केन्द्रको निर्देशन अनुसार गरिएको भनिएको छ । तर, अन्य जिल्लामा पनि उद्योगमा आगो लगाइसकिएको छ ।


घरेलुु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले पनि केन्द्रकै निर्देशन अनुसार जिल्लाका सबै उद्योगमा पुस मसान्तदेखि इट्टा उद्योग सञ्चालन गर्ने गरि पत्र पठाएको बताए । वातावरण प्रदूषणलाई मध्येनजर गरि यो निर्देशन आएको उनको भनाई छ ।

मारमा उपभोक्ता
तुलसीपुर ५ निवासी प्रकाश वली घर निर्माण गर्दैछन् । तर, अहिले उनले भने अनुसार इट्टा पाएका छैनन् । पटक–पटक उद्योगमा धाउँदा पनि इट्टा नपाएको उनको गुनासो छ ।“म पटक–पटक इट्टा उद्योगमा गए”,उनले भने“तर,सहजै इट्टा पाउन समस्या छ ।”

‘महंगो बनाउने चाल हो ’
बजारमा इट्टा अभाब बनाउने र महंगोमा इट्टा विक्री गर्ने गरि उद्योगहरुले चाल खेलेको सञ्चालक पुनको आरोप छ । इट्टा अभाब गरि रु१६ सम्म पु¥याउने चाल खेलेको उनले बताए । अन्य उद्योग भन्दा आफूहरुले प्रबिधि पनि राम्रो जडान गरेको बताए । माटो पनि मेसिनले पेल्ने र अमेरिकन कोइलाबाट पोलेर इट्टा बजारमा पठाउँदा धेरै माग हुने हुँदा धेरै माग हुने गरेको बताए । माग धेरै हुँदा विक्री पनि समयमै हुने हुँदा अन्य उद्योग सञ्चालकहरुलाई त्यो कुराले असर गरिरहेको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक