पाण्डेको पहलमा मेट्रो हस्पिटललाई १५ लाख सहयोग

तुलसीपुर, १२ कात्तिक ।
तुलसीपुरको भिमसेन मेट्रो हस्पिटललाई मेगा बैंकले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डेको पहलमा अप्रेसन थिएटर खरिदका लागि मेगा बैंकले आर्थिक रकम सहयोग गरेको हो ।

तुलसीपुर उपमहानगरको नेतृत्वमा रहँदा पाण्डेले कोभिडका बिरामीको उपचारका लागि तुलसीपुर उपमहानगरपालिका –८ अश्वारामा भिमसेन मेट्रो अस्पताल स्थापना गर्नुभएको थियो । बैंकले उपलब्ध गराएको आर्थिक रकमले अप्रेसन थिएटर खरिद गरेर माइनर अप्रेसन, प्रसूति लगायतका थप सेवा विस्तार गर्ने तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिनुभयो ।


पाण्डे नेतृत्वमा हुँदा देखि नै विभिन्न संस्थासंग आर्थिक सहयोगका लागि समन्वय गर्दै आउनु भएको थियो । अस्पतालमा आावश्यक पर्ने अप्रेसन थिएटरका लागि पाण्डेले करिब ७ महिना अघिदेखी संवाद गर्दै आउनु भएको थियो । प्रसूति सेवा सुरु भएमा पश्चिम दाङका सयौं महिलाहरुले सहज रुपमा सेवा पाउने अपेक्षा गरिएको छ ।