तुलसीपुर,११ कात्तिक ।
दाङको शान्तिनगर गाउँपालिका २ अमुवामा श्रीमानको फलामको रड प्रहारबाट श्रीमती गम्भिर घाईते भएकी छिन् । आज बिहान ७ बजे शान्तिनगर गाउँपालिका २ अमुवामा निवासी ४४ वर्षीय रेसम बुढाथोकीले फलामको रड प्रहार गर्दा आफ्नै श्रीमती ३५ वर्षीय नन्दा देवी बुढाथोकी गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
श्रीमानले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्दा टाउको, अनुहार, घाँटी, छातीमा गहिरो चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ, भने घटनामा संलग्न श्रीमान फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । ११ कार्तिक २०७९, शुक्रबार १३:४६ बजे