मोटरसाइकलको ठक्करबाट वृद्ध महिला घाइते

तुलसीपुर, ९ कात्तिक ।
नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट दाङमा एक वृद्ध महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुर निबासी ७५ वर्षकी जैइकली डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

घाइते महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । ठक्कर दिए लगत्तै भागेको मोटरसाइकल सहित चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । मोटरसाइकलले वृद्ध महिलाई तुलसीपुर १८ को झीगैंमा पौने चार बजे ठक्कर दिएको थियो ।