तुलसीपुरमा खुकुरी प्रहारबाट २ जना घाइते

तुलसीपुर, ९ कात्तिक ।
तुलसीुरमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ तमाखे निवासी २३ बर्षका शिवराज भण्डारी र २१ वर्षका केशव भण्डारी घाइते भएका छन् ।

तुलसीपुर – घोराही सडक खण्ड अन्तर्गत राप्ती पेट्रोल पम्म नजिकै भैली खेलिरहेको समयमा नचिनेका युवाको समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको उपचारमा संलग्न हुनुभएका घाइतेका दाइ विनोद भण्डारीले जानकारी दिनुभयो ।


घटना राति पौने १० बजे भएको थियो । यता घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनु भएको छ ।