
तुलसीपुर, २४ असार ।
आठ वर्ष लामो वैदेशिक रोजगारीको जीवन बिताएर मातृभूमि फर्किएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का दुर्गा चौधरीले स्वदेशमै सेकुवा व्यवसाय सञ्चालन गरेका छन् ।
लामो समय विदेशमा श्रम गरे पनि त्यहाँको कमाइ र संघर्षले आफ्नो भविष्य सुरक्षित नहुने बुझेर चौधरीले केही वर्षअघि नेपाल फर्कने निर्णय गरेको बताए । स्वदेश फर्केपछि उनले आफ्नै लगानीमा तुलसीपुरमा सेकुवा पसल सुरु गरेका हुन् । विदेशमा दुःख गरेर कमाएको पैसाले यहाँ सानो व्यवसाय सुरु गरें। उनले भने । अहिले आफ्नै घर, आफ्नै माटोमा काम गर्दा आत्मसन्तुष्टि मिलेको छ ।
उनको यो पहलले अहिले वैदेशिक रोजगारीमा जाने लहर चलिरहेको समयमा स्वदेशमै पनि सम्भावना छू भन्ने सन्देश दिएको स्थानीयले बताएका छन् ।
उद्यमशीलता र आत्मनिर्भरतातर्फ लागेका चौधरी जस्ता युवालाई स्थानीय तह र सम्बन्धित निकायले प्रोत्साहन र सहयोग का कार्यक्रमहरू अगाडि बढाउनु पर्ने बताउँछन्।



लाइभदाङ । २४ असार २०८३, बुधबार १९:५९ बजे