अखिल क्रान्तिकारी तुलसीपुरको अध्यक्षमा विक

तुलसीपुर
९ भदौ / माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) तुलसीपुरको अध्यक्षमा अमर विकलाई चयन गरिएको छ । बुधबार तुलसीपुरमा भएको सम्मेलनले बिकको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा सिर्जना ओली, हिमाल ओली, सचिबमा अमृत आचार्य , सहसचिब मधुसुदन दाहाल र देबेन्द्र रिजाल तथा कोषाध्यक्षमा ससांक बस्नेतलाई चयन गरिएको हो ।


माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य भिम बहादुर ओलीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर दहित अन्जान , नेकपा माओबादी केन्द्र तुलसीपुर नगर कमिटी अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यमा सम्मेलन भएको हो ।