तुलसीपुर उपमहानगरको जग्गामा बनेका संरचना हटाउन सूचना जारी

दाङ
६ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो जग्गामा अनाधिकृतरुपमा बनेका संरचना हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले विहीबार ३५ दिने सूचना जारी गरि अनाधिकृत रुपमा जग्गामा बनेका भवनलगायतका संरचना खाली गराउन निर्देशन गरेको हो ।

उपमहानगरपालिकाको नाममा रहेको वडा नम्बर ५ को ख को ५४४, ५४६, ५४७ र ४९९३ किता नम्बर र वडा नम्बर ५ कोे घ मा मा रहेको ८१२ किता नम्बरको जग्गामा बनेका संरचना हटाउन सुचना जारी गरिएको हो ।

नगरकार्यपालिकाको गत भदौ २५ भएको तेस्रो नगरकार्यपालिका बैठकको निर्णय अनुसार नगरले कार्तिक ३ गते सोमबार ३५ दिने सुचना जारी गरेको हो ।


यदि सूचनाको अटेर गरेमा उपमहानगरपालिका आफैले सबै संरचना हटाई जग्गा खाली गराउने र जग्गा खाली गराउँदा लाग्ने खर्च सम्बन्धित ब्यक्तीबाट असूल उपर गर्ने समेत उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताउनुभयो ।