दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ११ घाइतेको विवरण

तस्बिरः उज्जवल आचार्य

दाङ,५ पुस । दाङमा बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकलको मृत्यु भएको छ । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका–१० निवासी मोटरसाइकल चालक ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाका अनुसार दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

बस पनि अनियन्त्रित भइ पल्टिएको छ । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् ।


तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका १० गुर्जे खोलानजिक ठोक्किएका थिए ।

घाइतेहरुको विवरणः
१) जिल्ला रोल्पा त्रिबेणी गा.पा.४ बस्ने बर्ष २८ को बीर बहादुर डाँगी,
२) जिल्ला दाङ राप्ती गा.पा.५ बस्ने बर्ष ३१ को प्रेम सुबेदी ,
३) ऐ.तुलसीपुर उ.म.न.पा.१७ बेलझुण्डी बस्ने बर्ष ४५ कि देवा बि.क. ,
४) ऐ.१६ बस्ने बर्ष ५४ कि सिता कुमारी अधिकारी,
५) ऐ.१९ बस्ने बर्ष ३८ कि तुलसा खड्का ,
६) ऐ.घोराही उ.म.न.पा.९ बस्ने बर्ष  ६० को बल बहादुर डाँगी ,
७) ऐ.५ बस्ने बर्ष २४ कि साबित्रा बस्नेत ,
८ ) ऐ.३ बस्ने बर्ष ३४ को राम सिंह चौधरी ,
९)  ऐ.१२ बस्ने बर्ष ३७ को नर बहादुर वली,
१०) ऐ.९ बस्ने बर्ष २२ कि सिता बिश्वकर्मा,
११) ऐ.१५ बस्ने बर्ष २४ को दिप परियार ।