साहित्य सौजन्यमालाको २५३ औं श्रृङखला चन्द्रोदयमा

दाङ, ६ कात्तिक ।
साहित्य सौजन्यमालाको २५३ औं श्रृङखला शनिबार चन्द्रोदय विधाकुन्ज जस्पुरमा सम्पन्न भएको छ । दोर्ण बहादुर बस्नेतको संयोजकत्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु गणेश विषम शंकर पौडेल नबराज रजौरे डिल्लिराज शृधर भुवनेस्वोर आचार्य बल्देव रजौरे भिमलाल मरासिनी दुर्गा भट्टराई एक्कु प्रसाद रेग्मी शृधर शर्मा दोर्ण बस्नेत लगाएत दुई दर्जन साहित्यकारहरुले कथा गित कबिता गजल मुक्तकहरु बाचन गर्नु भएको थियो ।


बाचित रचनाहरुको समिक्षा साहित्यकार श्रीधर शर्माले गर्नु भएको थियो । आगामी २५४ औ शृङ्खला राज कुमार गौतमको संयोजकत्वमा दिब्य ज्योति बोर्डिङ स्कुल कचिलामा आगामी मंसीर ३ गते शनिबार गर्ने निर्णय गरेको छ ।