खाल्टोमा जम्मा भएको पानीमा डुबेर बालिकाको मृत्यु

दाङ, ५ कार्तिक । दाङको तुलसीपुरमा खाल्डोमा जम्मा भएको कुलोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–१ गुरुङ खोला निवासी ७ वर्षीया समीक्षा खड्काको मृत्यु भएको ईलाका प्रहरी कार्यालय का प्रवक्ता नवचन्द मल्ले जानकारी दिनुभयो ।


बालिकाको तुलसीपुर–७ र १६ को सिमानामा पर्ने ग्वार खोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोमा डुबेकी थिइन् ।


पानीमा डुबेका मृतक समीक्षाका भाइ अन्दाजी ३ वर्षीय अनुप खड्का र तुलसीपुर–७ वसन्तपुरका ११ वर्षीय प्रेम बस्नेत भने सकुसल रहेको प्रहरीले जनाएको छ।