शताब्दी पुरुष डा. सत्यमोहन जोशीको श्रद्धान्जली सभा

तुफानबाबु श्रेष्ठ
तुलसीपुर, ५ कार्तिक ।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सातौ दिनको पुण्यतिथिमा नेवाःसमाज तुलसीपुरले शनिवार श्रद्धान्जली सभाको आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेवाःदेय दबु केन्द्रिय उपाध्यक्ष नरेश कुमार राज भण्डारीले लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्‍याएका संस्कृतिविद् डा. सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ । जोशीको प्रेरणादायी जीवनी सबैले अनुसरण गर्न सकेमा मात्र उहाँ प्रति सच्चा सम्मान हुने केन्द्रिय उपाध्यक्ष राज भण्डारीको भनाइ थियो ।


नेवाः समाज तुलसीपुरका अध्यक्ष पुष्कर श्रेष्ठको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा सचिव तुफानबाबु श्रेष्ठले जोशीको जीवनी वाचन गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथी नेवाः देय दबु लुम्बिनी प्रदेश सदस्य नबराज श्रेष्ठ, नेवा: देय दबु जिल्ला अध्यक्ष बिनोद कुमार श्रेष्ठ तथा मिसा दबु तुलसीपुरकी अध्यक्ष रिना श्रेष्ठ लगायतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीप्रति श्रद्धान्जली व्यक्त गर्नु भएको थियो ।

श्रद्धान्जली सभामा नेवाः देय दबु जिल्ला कोषाध्यक्ष बुद्ध प्रकाश सिंहले आँफैले रचना गरेको जोशीप्रति समर्पित कविता प्रस्तुत गर्नुभएको थियो । उल्लेख्य मात्रामा नेवाः समाजका सदस्यहरुको उपस्तिथी रहेको कार्यक्रमको सहजिकरण समाजकी महासचिव सुद्रिष्टी श्रेष्ठले गर्नु भएको थियो ।