पोखरा, ३ कात्तिक ।
नवौं राष्ट्रिय खेकलुदमा लुम्बिनी प्रदेशकी निशा चौधरीले २ सय मिटर दौडमा स्वर्ण जितेकी छिन्।
नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्ण पदक हो। उनले निर्धारित दूरी २५ दशमलव २४ सेकेन्डमा पूरा गरिन् । त्यस्तै एपीएफकी रमिताकुमारी थारुले २५ दशमलव ९५ सेकेन्ड समय खर्चदै रजत पदक जितिन ।
नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य पदक हात पारिन । उनले २७ दशमलव ५२ सेकेन्ड समय लगाउँदै कास्य पदक जितेकी हुन् । यता त्रिपल जम्पमा सशस्त्र प्रहरी बलकी शिला चौधरीले त्रिपल जम्पमा स्वर्ण जितेकी छिन्।
लाइभदाङ । ३ कार्तिक २०७९, बिहीबार ११:४२ बजे