तुलसीपुर, ३१ असोज ।
दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी एवं साँस्कृतिक कार्यक्रममा सोमबार (आज) चर्चित लोक गायिका हरिमाया रायमाझीले दर्शकलाई छमछम नचाएकी छन् ।
शुक्रबारदेखि जारी कार्यक्रममा सोमबार चर्चित लोक गायिका हरिमाया रायमाझिसहित लोक गायक दिपु मगर, डान्सर बविता बोहोरा लगायत स्थानीय कलाकारले पनि प्रस्तुती राखेका थिए ।
मेलामा भोलि चर्चित गायिका एलिना चौहानसहित चर्चित गायक कृश क्षेत्री, लोक गायिका अनु राना मगर, गोमा रिजाल, विपना परियार लगायत स्थानीय कलाकारको पनि प्रस्तुती रहने भएको छ ।
असोज २८ गतेदेखि जारी मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । बुधबार पर्सि पनि चर्चित गायिका प्रिती आले आउने मेला आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो । मेलामा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ भने लोक नृत्य तथा दोहोरीको अडिसन पनि चलिरहेको छ ।
स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको कार्यक्रम कातिक ११ गते सम्म संचालन हुनेछ । कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम संचालन भइरहेको छ ।
‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन भएको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता भइरहेको आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।
मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहेको छ । नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।
लाइभदाङ । ३१ आश्विन २०७९, सोमबार २०:१६ बजे