प्रहरी बिटको उदघाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न

निराश पाण्डे
शान्तिनगर, १२ साउन ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ४ चिराघाट स्थित प्रहरी बिटको आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि उदघाटन एवं हस्तान्तरण गरिएको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले उक्त सि सि क्यामेरा सहितको प्रहरी बिटको रिबन काटेर उदघाटन गर्नु भएको छ ।

निर्माण समितिका अध्यक्ष बाला राम पौडेलको सभापतित्व एवं गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र गाउँपालिकाका प्रबक्ता मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहादुर ओलिको बिशिष्ट आतिथ्यता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले शान्तिनगर गाउँपालिकामा रहेको एक मात्र २०४५ साल भदौ १२ गते स्थापना भएको प्रहरी चौकीको स्तर उन्नती गराउने पहलमा आफू लागि परेको बताउदै प्रमुख अतिथी बस्नेतले प्रहरी बिट स्थापना भए संगै स्थानीय नागरिकले शान्ती सुरक्षाको थप प्रत्याभुतिको महसुस गर्ने बताउनु भएको छ ।

साथै उहाँले आफू समग्र शान्तिनगरको विकास निर्माणको लागि दत्त चित्त भएर लागि परेको समेत बताउनु भएको छ। अध्यक्ष बस्नेतले उक्त प्रहरी बिट आज देखिनै प्रहरी चौकी चिराघाटका इन्चार्ज खडक बहादुर डाङ्गीलाई चापी दिई हस्तान्तरण समेत गर्नु भएको छ।


कार्यक्रममा गाउँपालिकाका प्रशासन प्रमुख कृष्ण कँडेल, नेपाल शिक्षक संघ दाङका सह सचिब निम बहादुर नेपाली, नेपाली कांग्रेस प्रदेश तीन (ख) का सचिव लेवा राम आचार्य , जनता प्रा वि भलानेटिका प्रधानाध्यापक ठक प्रसाद पुन, उद्योग बाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा, पुर्ब वडा अध्यक्ष बुद्धि राम तिवारी ,युबा संजाल शान्तिनगरका अध्यक्ष कर्णदिप देबकोटा , शान्तिनगर खानेपानी संस्थाका सचिब मनोज परियार, पत्रकार बिष्णु आर्ट र समाजसेबी पशुपति घर्ती लगाएतका ब्यक्तीहरुको सहभागिता रहेको थियो।

शान्तिनगर गाउँपालिकाले उक्त प्रहरी बिटको भौतिक संरचना निर्माणका लागि २ लाख पचास हजार र सि सि क्यामेरा जडानका लागि १ लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको थियो। प्रहरी बिटलाई जग्गा प्रदान गर्ने स्थानीय पुर्षोत्तम रिजाल, प्रहरी बिटको सुभारम्भ गर्ने प्रहरी सहायक निरीक्षक भरत नाथ योगी र आर्थिक सहयोग गर्ने शान्तिनगर गाउँपालिकालाई कार्यक्रममा विशेष धन्यवाद दिइएको थियो । प्रहरी बिटमा तीन ओटा सि सि क्यामेरा जडान गरिएको छ भने उक्त कार्यक्रमको संचालन पत्रकार निराश पाण्डेले गरेका थिए।