दंगीशरणले ११२ औँ अन्र्तराष्ट्रिय महिला दिवस मनायो , महिला नेतृत्व तहमा आउँनुपर्नेमा जोड

दिप्तीशिखा चौधरी,


दंगीशरण, २४ फागुन।
दंगीशरण गाउँपालीकाले आज ११२ औँ अन्र्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाएको छ । हाम्रो प्रण ः समृद्ध दंगीशरण भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सामाजिक न्याय र लैङ्गिक समानता ःदिगो विकासको सुनीश्चितता भन्ने विषयमा बक्तीतृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
वक्तृत्वकला प्रतीयोगितामा प्रथम रीजु लामीछाने, द्धितीय भिष्मा वली, तृतीय सुमीना चौधरी र अवीना गिरी सान्त्वना स्थान हासील गर्न सफल हुुनुभएको थियो ।
यस्तै कुर्सी दौड प्रतियोगीतामा दंगीशरण ७ कि नारायणी देवकोटा प्रथम, सोहि वडाकी सुष्मा देवकोटा द्धितीय, दंगीशरण १ कि सुनीता चौधरी तृतीय र दंगीशरण ३ कि सीता वली सान्तवना हुनुभएको थियो । प्रतीयोगीतामा विजयीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
वक्तृत्वकला प्रतीयोगिताको निर्णायकमा योजना शाखा प्रमुख लेखनाथ आचार्य र शिक्षा शाखा प्रमुख विनोद अधिकारी रहनुभएको थियो भने कुर्सी दौड प्रतियोगिताको निर्णायकमा प्रशासन शाखा प्रमुख यादव डांगी र कार्यक्रम अधिकृत किरण गौतम रहनुभएको थियो ।
यस्तै कार्यक्रममा उपस्थिती महिलाहरुले नारी दिवस विषेश कवीता, गीत र नृत्य प्रश्तुत गरेका थीए ।
महिला नेतृत्व तहमा आउँनुपर्छ ः सांसद चौधरी
प्रदेश सांसद धमकली चौधरीले भाषण भन्दा पनि काम गरेर देखाउँनका लागि महिलाहरु नेतृत्व तहमा आउँन जरुरी रहेको बताउँनुभएको छ । घरको काम बाहेक बाहिरको काममा सक्रिय सहभागिता नदेखाउँने भएकाले महिलाहरु जहिले पनि पछि पर्ने गरेको बताउँनुभयो । “महिला आफैँ पनि आफनो क्षमता देखाउँनुपर्छ अरुको आस भनदा पनि आफु सक्षम हुन जरुरी छ ।” सांसद चौधरीले भन्नुभयो । समाज अझै पनि पितृसत्तामक सोचले ग्रसीत भएकाले हरेक परीवारमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको उहाँको धारणा थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरीले सामाजीक कुसंसस्कारलाई अन्त्य गर्दै अव हरेक परिवारबाट लंगींक हिंसा रहित परिवार बनाउँन जरुरी रहेको बताउँनुभयो । परिवार सभ्य भएमात्र समाज परीवर्तन र ब्यक्तीको सोचमा परिवर्तन हुन सक्ने भन्दै महिला र पुरुषबिचकाृ विभेद अन्त्यका लागि ब्यवहारमा परवर्तन ल्याउँन आवश्यक रहेको उहाँले बताउँनुभयो ।
सो अवसमा प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले हिंसा रहित समाज निर्माणका लागि आफुले आर्जन गरेको शिक्षालाई ब्यवहारमा लागु गर्नेपर्ने बताउँनुभयो ।
कार्यक्रममा वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरीले आफनो हक अधिकारका लागि महिलाहरु आफैँ लडेर अगाडि आउँन जरुरी रहेको बताउँनुभयो ।
दंगीशरण गाउँपालिकाको आयोजना ,साझेदारी संघियता सहयोग कार्यक्रम, ओरेक नेपाल, सिड सस्ंथा र समृद्ध समाजको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । सिडका सिता चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखाकि चन्द्रा वलीले गर्नुभएको थियो । कार्यक्रममा शिक्ष शाखाकि उमा के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।