तुलसीपुर,२७ असोज ।
एकीकृत समाजवादी दाङका जिल्ला सदस्य तुलसीराम बस्नेत माओवादी केन्द्रमा फर्किएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य सेसुराम भण्डारीले प्रवेश गराएका हुन् ।
त्यस अवसरमा बस्नेतले माओवादी सच्चा कम्युनिष्ट भएकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए । कार्यक्रममा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीलगायतको सहभागिता रहेको थियो ।
बस्नेत तुलसीपुर १० निवासी हुन् । त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार भण्डारीले कम्युनिष्टहरु गोलबद्ध हुने ठाउँ भनेको माओवादी केन्द्र नै भएको बताए ।
लाइभदाङ । २८ आश्विन २०७९, शुक्रबार २१:०९ बजे