दाङ ३(१)को प्रदेशसभाको मतगणना सुरु

तुलसीपुर, ५ मंसिर ।
दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ को मतगणना सुरु भएको छ । दिउसो २ बजेदेखि मतगणना सुरु भएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं.८,१२ र १५ नम्बरबाट मतगणना सुरु हुन लागेको हो ।


क्षेत्र नं.३(१) मा जम्मा ६६ हजार ४ सय ८६ मतदाता मध्ये ४० हजार ५ सय ७० मत खसेको थियो ।
क्षेत्र नं. ३(१)मा गठबन्धनबाट डिल्ली चौधरी र एमालेबाट घनश्याम पाण्डे उम्मेदवार छन् ।